BIZMANDU
www.bizmandu.com

सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो, चाँदीको भाउमा ५० रुपैयाँ वृद्धि

२०८३ असार ७

सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो, चाँदीको भाउमा ५० रुपैयाँ वृद्धि
सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो, चाँदीको भाउमा ५० रुपैयाँ वृद्धि

काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ६०० रुपैयाँले वृद्धि भएको हो।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य आइतबार प्रति तोला २ लाख ८७ हजार ३०० रुपैयाँ निर्धारण भएको छ।

शुक्रबार सुन तोलामा १० हजार ५०० रुपैयाँले घटेर प्रति तोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्य प्रति तोला ४ हजार ६९० रुपैयाँ पुगेको छ। शुक्रबारको भन्दा चाँदी तोलामा आज ५० रुपैयाँ वृद्धि भएको हो। शुक्रबार चाँदी प्रति तोला ४ हजार ६४० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनको मूल्य प्रति औंस ४१५५.६८ डलर छ। त्यस्तै, चाँदी प्रति औंस ६४.८४ डलर पुगेको छ।