BIZMANDU
www.bizmandu.com

नेपालिज सोसाइटी सिंगापुरको नयाँ कार्यसमिति चयन, अध्यक्षमा इन्द्रबहादुर गुरुङ

२०८३ असार ७

नेपालिज सोसाइटी सिंगापुरको नयाँ कार्यसमिति चयन, अध्यक्षमा इन्द्रबहादुर गुरुङ
नेपालिज सोसाइटी सिंगापुरको नयाँ कार्यसमिति चयन, अध्यक्षमा इन्द्रबहादुर गुरुङ

काठमाडौं। सिंगापुरमा रहेका नेपालीहरूको साझा संस्था नेपालिज सोसाइटी सिंगापुरको नयाँ कार्यसमिति चयन भएको छ। शनिबार भएको १७औं वार्षिक साधारण सभाले इन्द्रबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

Tata
GBIME
Nepal Life

सन् २०२६-२८ को दुई वर्षे कार्यकालका लागि गुरुङको अध्यक्षतामा चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा घनश्याम अर्याल, महासचिवमा किपा श्रेष्ठ, कोषाध्यक्षमा बत्सल कुमार नेम्कुल र सचिवमा शैलेश विक्रम थापा छन्। यसैगरी संस्थाको निवर्तमान अध्यक्षमा प्रभाकर पराजुली (किरण) छन्।

कार्यसमितिको सदस्यहरूमा डा. कृष्ण गोपाल डंगोल, डा. रञ्जना आचार्य, मौसमी केसी, विपिनबहादुर खत्री, विनित अग्रवाल, सुनिल शर्मा खराल र रोबर्ट विश्वकर्मा (एनआरएन आईसीसी) चयन भएका छन्।

नवगठित कार्यसमितिले सिंगापुरमा बसोबास गरिरहेका नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा, सहयोग र नेपाली कला-संस्कृतिको प्रवर्द्धनमा केन्द्रित रहेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नयाँ नेतृत्व सम्हालेपछि अध्यक्ष गुरुङले सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सबैको सहकार्य र बलियो साथले समाजलाई थप सशक्त एवं गतिशील बनाउने विश्वास दिलाएका छन्।