काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दाका अभियुक्त दिपक भट्ट र सुलभ अगंवाललाई थुनामा राख्न आदेश गरेको छ। न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त भण्डारीको इजलासले भट्ट र अग्रवाललाई थुनामा पठाउन आदेश गरेको हो।
यसअघि विशेष अदालतले पनि सम्पत्ति शुद्धीकरण मुद्दामा भट्ट र अग्रवाल दुवैलाई थुनामै राख्न आदेश गरेको थियो।
अग्रवालले बयानमा चेक जारी गरेको स्वीकार गरेकाले तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार नभएको भन्न मिल्ने अवस्था नरहेको भन्दै अदालतले थुनामा राख्न आदेश गरेको हो। यस्तै भट्टको हकमा समेत बैंकिङ गर्ने कार्यमा संलग्नता देखिएको भन्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश गरेको हो।
गत बिहीबार भट्ट र अग्रवालविरुद्ध बैंकिङ कसुरमा मुद्दा दायर भएको थियो । मुद्दामा ४२ करोड १४ लाख ८८ हजार रुपैयाँ बिगो कायम गरिएको छ।
अदालतको आदेश