काठमाडौं। राहदानी प्रकरणमा समातिएका राहदानी विभागमा महानिर्देशक तीर्थराज अर्यालविरुद्ध दोस्रो पटक हिरासतमा राख्न म्याद थप भएको छ।
विशेष अदालतका सदस्यहरु नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आज दोस्रो पटक ५ दिनको म्याद थप गरेको हो।
त्यस्तै, विभागका निर्देशक सुनिल केसी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य र ठेकेदार मनिन्द्र मल्लविरुद्ध पनि दोस्रो पटक ५ दिन म्याद थप भएको छ।
महानिर्देशक अर्याल र केसीलाई अख्तियारको टोलीले सोमबार पक्राउ गरेको थियो। बाँकी दुई जनालाई भने मंगलबार नियन्त्रणमा लिइएको थियो।
अहिले अख्तियारले उनीहरु लगायत दुई दर्जनभन्दा बढी व्यक्तिसँग बयान लिइरहेको छ।