BIZMANDU
www.bizmandu.com

काठमाडौं जिल्ला अदालतबाट पनि रवि विरुद्धको संगठित अपराध मुद्दा फिर्ता गर्न आदेश

२०८३ असार ५

काठमाडौं जिल्ला अदालतबाट पनि रवि विरुद्धको संगठित अपराध मुद्दा फिर्ता गर्न आदेश
काठमाडौं जिल्ला अदालतबाट पनि रवि विरुद्धको संगठित अपराध मुद्दा फिर्ता गर्न आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले पनि संगठित अपराध सम्बन्धी मुद्दा फिर्ता लिएको छ।

Tata
GBIME
Nepal Life

अदालतमा रविविरुद्धको अभियोगपत्र संशोधन गर्न निवेदन परेको थियो। अदालतले निवेदकको माग बमोजिम आदेश दिएको हो।

शुक्रबार न्यायाधीश आत्मदेब जोशीको इजलासले रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिन आदेश दिएको हो। रविविरुद्ध सहकारी ठगीको मुद्दा भने अदालतमा कायमै रहेको छ।

असार १ गते बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा रविविरुद्ध २०८१ माघ ६ गते सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको मुद्दा पनि फिर्ता भएको थियो।

त्यस्तै, कास्कीमा दर्ता भएको संगठित र सम्पति शुद्धिकरणको मुद्दा पनि फिर्ता भएको छ।

चितवन, काठमाडौं, कास्की, पर्सा र बुटवलमा सहकारी ठगी सम्बन्धि कसुर भने विचाराधिन नै रहेको छ।