काठमाडौं। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको घरमा बिहीबार राति प्रहरीको टोली पुगेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोली राति ११ बजेतिर विराटनगर ३ स्थित ल क्याम्पस नजिकै रहेको छिरेको हो। शुक्रवार सांसद राजेन्द्र राईले संसदमा बोल्ने क्रममा प्रहरीको प्रवेशको विषयमा प्रश्न उठाएका थिए। बिहीबार भने मन्त्री पराजुली भने त्यहाँ थिएनन्। उनी संखुवासभा जिल्लामा पुगेका थिए। प्रहरी पुगेर छापा मारेको घटना बाहिरिएपछि मन्त्रीको सचिवालयले प्रहरीसँग घटनाको बारेमा जानकारी लिइएको थियो।
मन्त्री जिल्ला बाहिर गएकाले त्यहाँ दुई जना पिएसओ र खाना पकाउने मानिस राखिएको थियो। तर, मन्त्री घर नभएपछि उनीहरुले बिहीबार बाहिर नै खाना खाने योजना बनाएको खुलेको छ। करिब ८ बजेतिर घरको गेटमा ताल्चा लगाएर उनीहरु खाना खान निस्किएका थिए। प्रहरी टोली घरको गेटमा ताल्चा लगाएको देखेपछि पर्खालबाट माथिबाट छिरेको खुलेको छ।
गेटमा ताल्चा लगाएपनि घरको मुल गेट भने खुल्ला नै भएकाले प्रहरीले कोठाभित्र छिरेर खान तलासी गरेको देखिन्छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले भने मन्त्रीको घरमा छापा नमारेको दाबी गरे। तर, प्रहरी उनको घरमा पुगेको विषयलाई भने उनले स्वीकार गरेका छन्।
‘छापा मारेको होइन। एक जना फरार आरोपी खोज्ने क्रममा लुकेको आशंकामा त्यहाँ पुगेको थियो। उहाँसँग जोडिएका कुनै पनि विषयमा प्रहरी पुगेको होइन,’एसपी कटुवालले भने। विमल भट्टराई गरेका आरोपी लुकेको आशंकामा प्रहरी टोली पुगेको प्रहरीको दाबी छ।
मन्त्री पराजुली भन्छन्- प्रहरीले विधि विपरीत गर्यो
संखुवासभामा रहेका मन्त्री पराजुलीले राति १२ बजे मात्र घटनाको जानकारी पाएका थिए। दिनभर भेलामा व्यस्त भएकाले उनी चाँडै निदाएको र राति १२ बजे साथीहरुले भनेपछि थाहा पाएको बताए। घटनापछि उनले जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रदेश प्रहरी कार्यालयका डिआइजी विनोद घिमिरेलाई फोन गरेर घटनामा आपत्ति जनाएका छन्।
‘कोही मानिस भएपनि ताल्चा लगाएको घरमा प्रहरीले पर्खाल नाघेर छिर्न मिल्दैन। अरुलाई बोलाउने वा घेरा हालेर बस्नपर्थ्यो। यो छानबिन गर्न भनेको छु,’ बिजमाण्डूसँग मन्त्री पराजुलीले भने।