BIZMANDU
www.bizmandu.com

एक-एक घण्टामा स्टक मार्केटको इण्डेक्स तल जान्छ कि माथि जान्छ भनेर हेर्दैनौं : अर्थमन्त्री

२०८३ असार ५

एक-एक घण्टामा स्टक मार्केटको इण्डेक्स तल जान्छ कि माथि जान्छ भनेर हेर्दैनौं : अर्थमन्त्री
डा. स्वर्णिम वाग्ले


काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सेयर बजारको इण्डेक्स हेरेर निर्णय नलिने बताएका छन्।

Vigo
GBIME
Tata

नयाँ सरकार गठनयता नेप्से सूचक डेडसय अंकले ओरालो लागेकामा अर्थमन्त्री वाग्लेले सेयर बजारको घटबढलाई आधार मानेर सरकारले निर्णय नगर्ने बताएका हुन्।

उनले शुक्रबार आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै सरकार युग युगसम्म देशको हित हुने गरी दूरगामी खालका नीति निर्माणमा केन्द्रित रहेको बताए।

‘एक एक घण्टामा स्टक मार्केटको इण्डेक्स तल जान्छ कि माथि जान्छ भनेर हेर्दैनौं। हामी युग युगका लागि दूरगामी नीतिहरुमा काम गरिरहेका छौं,’ उनले भने।

मन्त्री वाग्लेले पुँजी बजार, इन्स्योरेन्स लगायत जोडिएको एक खर्बभन्दा बढी बिगोको मुद्दाका कारण कतिपय लगानीकर्तामा आफू पनि तानिने भय देखिएको भन्दै बजेटमा गरिएको व्यवस्थाका कारण नतिजा आउन थालेपछि निजी क्षेत्र उत्साही भएर अगाडि बढ्ने दाबी गरे।

‘भर्खरै एक खर्बभन्दा बढीको बिगो मागेर मुद्दा चलिरहेको छ। त्यसको केन्द्रविन्दुमा हाम्रो क्यापिटल मार्केट थियो। यो अनुसन्धानको दायरा बढ्दै जाँदा म पनि पर्छु कि? हामी पनि तानिन्छौं कि भन्ने एउटा भय त्रास केही लगानीकर्तामा भएको हुनसक्छ। केही लगानीकर्ता वेट एण्ड सीमा हुनुहुन्छ,’ उनले भने, ‘तर बजेटको जुन लक्ष्य हो, जुन दिशा तय भएको छ यसको नतिजा आउन थालेपछि निजी क्षेत्र अत्यन्त्तै उत्साहित भएर अगाडि बढ्छ भन्ने हाम्रो विश्वास छ। उहाँहरुलाई बढावा दिन नै यो बजेट आएको छ।’