काठमाडौं। टीभीएसको एनटीओआरक्यू स्कुटर नयाँ कलरमा नेपाली बजारमा भित्रिएको छ। टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटीओआरक्यू १२५ रेस एक्सपी ब्लेज ब्लू भित्र्याएको हो।
यो स्कुटर काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ। युवा राइडरको रोजाइमा पर्दै आएको टीभीएस एनटीओआरक्यू लाइनअपमा यो नयाँ कलर भेरियन्टले थप आकर्षण, स्पोर्टीनेस र बोल्डनेस थपेको कम्पनीले जनाएको छ।
यो स्कुटर विशेषगरी स्टाइल, पर्फमेन्स र दैनिक प्रयोगलाई एउटै प्याकेजमा खोज्ने युवा राइडरहरूका लागि तयार गरिएको कम्पनीले जनाएको छ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले आफ्नो राइडमार्फत अलग देखिन चाहने राइडरहरूका लागि
नयाँ भेरियन्ट निकै आकर्षक हुने बताए।