BIZMANDU
www.bizmandu.com

बजेटले बीवाइडी एटो-२ को मूल्य ३ लाख बढ्यो, अब ४८ लाख ९९ हजार रुपैयाँ पुग्यो

२०८३ असार ५

बजेटले बीवाइडी एटो-२ को मूल्य ३ लाख बढ्यो, अब ४८ लाख ९९ हजार रुपैयाँ पुग्यो
बजेटले बीवाइडी एटो-२ को मूल्य ३ लाख बढ्यो, अब ४८ लाख ९९ हजार रुपैयाँ पुग्यो

काठमाडौं। बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले आफ्नो लोकप्रिय मोडल एटो २ को मूल्य तीन लाख बढाएको छ।

Vigo
GBIME
Tata

कम्पनीले शुक्रबार सूचना जारी गर्दै नयाँ मूल्य कायम गरेको हो। कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्य अनुसार एटो २ को मूल्य ४८ लाख ९९ हजार रुपैयाँ राखिएको छ। बजेट अगाडि यसको मूल्य ४५ लाख ९५ हजार रुपैयाँ थियो।

यो गाडीमा ५१.१३६ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री राखिएको छ। साथै १०० किलोवाट क्षमताको मोटर पावरमा उपलब्ध छ। यो नयाँ मूल्य अब आउने नयाँ गाडीमा मात्रै लागु हुनेछ।