काठमाडौं । चितवन लोथरमा निर्माण हुने टर्मिनलको कम्पाउन्ड वाल बनाउने ठेक्का मोतिदान-डीएस जेभीले ७९ करोड ५४ लाख रुपैयाँमा ठेक्का पाएको छ। कम्पनीले चितवनमा रहेको लोथर टर्मिनलमा कम्पाउन्ड वाल, माटो भर्ने काम र नहर निर्माणको कामहरु पनि गर्नुपर्नेछ।
चितवनको लोथरमा निर्माण हुने भण्डारण गृह सहितको ‘ग्रिन फिल्ड टर्मिनल’ को परियोजना करिब १५ अर्ब रुपैयाँको लागतमा अघि बढाइएको छ। यो परियोजना अन्तर्गत सुरक्षार्थ कम्पाउन्ड वाल निर्माण गर्ने कार्य पनि यस आयोजनाको मुख्य पूर्वाधार तयारीको अंश हो।
उक्त टर्मिनल चितवनको लोथर खोला र राप्ती दोभानको किनारमा रहेको छ। संवेदनशील पेट्रोलियम पदार्थ भण्डारण गृह भएकाले तोकिएको सुरक्षा मापदण्ड अनुसार नै जग्गाको चार किल्ला छुट्याएर बलियो कम्पाउन्ड वाल निर्माण गर्न लागिएको हो।
अम्लेखगंज लोथर पाइपलाइन आगामी ३ वर्षमा सम्पन्न गर्ने योजना सरकारको छ।