काठमाडौं। विनियोजन विधेयक पारित भएको छ। प्रतिनिधि सभाको बिहीबारको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो।
बैठकले विपक्षी दलका सांसदहरुले राखेको खर्च कटौतीका विभिन्न २० वटा प्रस्ताव अस्वीकृत गरेको छ।
विनियोजन विधेयकमा सांसदहरुले दुई दिन आ आफ्ना धारणा राखेका थिए। सांसदहरुले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरुले बुधबार र बिहीबार जवाफ दिएका थिए। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिए।