काठमाडौं। सीताराम गोकुल मिल्कले दुई नयाँ उत्पादन बजारमा ल्याएको छ। कम्पनीले आफ्नो ३१औं वार्षिकोत्सवका अवसरमा बिहीबार मोही र आइसक्रिम लन्च गरेको हो।
बजारमा कोल्ड ड्रिंक्सको सट्टा मोही खाने क्रम बढ्न थालेपछि सीताराम गोकुल मिल्कले बोत्तलमा २५० एमएल मोही र ४ वटा फ्लेवरमा आइसक्रिम उत्पादन गर्न सुरु गरेको हो।
कम्पनीले उपभोक्ताका लागि मोहीको मूल्य ३० रुपैयाँ राखेको छ। मोहीको उपभोग्य मिति ७ दिन हुनेछ।

आइसक्रिम स्ट्रवेरी, चकलेट, भेनिला र बटरस्कच फ्लेवरमा उत्पादन गरिएको छ। १०० एमएलको आइक्रिमको मूल्य फ्लेवर अनुसार ६५ देखि ७० रुपैयाँ र ५०० एमएलको आइक्रिमको मूल्य २१० देखि २४० रुपैयाँ राखिएको छ।
कम्पनीका प्रबन्धक निर्देशक सुमित केडियाले उपभोक्ताको घरसम्म पुर्याउने गरी मोही र आइक्रिम उत्पादन गर्न थालेको बताए। उनका अनुसार मोही सुरुवाती चरणमा दैनिक ५०० लिटर बजारमा पठाइनेछ।
कम्पनीले हाल दैनिक २० हजार लिटर दूध संकलन गर्दै आएको छ।