काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दि बेकर ब्रदर्श र न्यु झिगु काठमाडौं फुड्स क्याफेलाई जरिवाना गरेको छ।
विभागले गोंगबुमा रहेको दि बेकर ब्रदर्सलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ। नयाँ बजारमा रहेको क्याफेलाई २ लाख १ हजार रुपैयाा जरिवाना गरेको हो।
विभागले कोटेश्वरमा रहेको साग्रिला स्प्रीङ ड्रिंक्क एण्ड वेभरेजलाई नमुना संकलन गरेको पानीको परिक्षण रिपोर्ट प्राप्त भएपश्चात व्यवसायसगँ सम्बन्धित कागजातहरु लिएर विभागमा उपस्थित हुन निर्देशन दिएको छ।
अन्य १० वटा फर्मलाई सामान्य निर्देशन दिएको विभागले जनाएको छ।