BIZMANDU
www.bizmandu.com

काठमाडौंमा मेट्रो रेल निर्माणको योजना तत्कालका लागि स्थगित, नयाँ गुरुयोजना बनाइँदै

२०८३ असार ४

काठमाडौंमा मेट्रो रेल निर्माणको योजना तत्कालका लागि  स्थगित, नयाँ गुरुयोजना बनाइँदै
सुनिल लम्साल

काठमाडौं। सरकारले काठमाडौंमा मेट्रो रेल निर्माणको योजना स्थगित गरेको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यो योजना हालका लागि स्थगित गरेको जानकारी दिए।

Tata
GBIME
Nepal Life

सांसदहरुले उठाएका प्रश्नको बिहीबार प्रतिनिधि सभाको बैठकमा जवाफ दिने क्रममा उनले छोटो दूरी भएका कारण काठमाडौंमा मेट्रो रेल निर्माणको योजना स्थगित गरिएको बताएका हुन्।

रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले मेट्रो रेल निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्न प्रस्ताव आह्वान समेत गरिसकेको थियो।

मन्त्री लम्सालका अनुसार लामो दूरीको मेट्रो रेलका लागि अध्ययन गरिनेछ। उनले थानकोटदेखि धुलिखेलसम्म मेट्रो रेल चलाउने गरी ‘ट्रान्सपोर्टेसन मास्टरप्लान’ तयार पर्ने काम भइरहेको जानकारी दिए।

उनले आगामी आर्थिक वर्षभित्र मास्टरप्लान तयार पारी डीपीआरका लागि तयार पार्न प्रस्ताव आह्वान गरिने बताए।

उनका अनुसार मास्टरप्लानमा १५० किलोमिटर मेट्रो रेल संचालन गर्ने विषय समेटिनेछ। यसअघि नारायणगोपाल चोकबाट सुरु भइ चाबहिल, कोटेश्वर, सातदोबाटो, रत्नपार्क हुँदै पुन: नारायणगोपाल चोकसम्म २७.५ किलोमिटर लामो मेट्रो रेल प्रस्ताव गरिएको थियो।