BIZMANDU
www.bizmandu.com

महावीर पुनले भने- नवप्रवर्तनका लागि ४ अर्ब धेरै भयो, कानुन नभएकाले खर्च गर्न सकिंदैन

२०८३ असार ४

महावीर पुनले भने- नवप्रवर्तनका लागि ४ अर्ब धेरै भयो, कानुन नभएकाले खर्च गर्न सकिंदैन
महावीर पुन

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयका लागि छुट्याइएको बजेट धेरै भएको भन्दै खर्च गर्न चुनौती रहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा मन्त्रालय नयाँ भएको र कानुन बनाउन बाँकी रहेकाले बजेट खर्च गर्न सहज नरहेको बताए।

विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि ४ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ। केही सांसदले यो रकम कम भएको बताएका थिए।

‘म प्रस्टसँग के भन्न चाहन्छु भने यो वर्षलाई अलि बढी भयो कि? बढी भयो भन्ने कारण पनि छ के। ४ अर्ब पैसा छुट्याइयो। साढे तीन अर्ब अबण्डामा छ। त्यो पैसा खर्च गर्न ऐन, कानुन नियमावली बनाउनुपर्छ। अहिलेसम्म बनेको छैन,’ मन्त्री पुनले भने, ‘ भोलि त्यतिकै खर्च गर्‍यो भने अख्तियारले हामीलाई पक्राउ गरिहाल्छ। फलानो मन्त्रीले हिनामिना गर्‍यो भनेर। त्यस कारणले यो १ प्रतिशत भनेको अहिलेलाई ठीक छ। अलि थौरै गरेको भए पनि हुन्थ्यो। अब कानुन बनाउन माननीयज्यूहरुको सहयोग चाहियो।’

सत्तारुढ रास्वपाका सांसद बदन भण्डारीले अबण्डामा साढे तीन अर्ब रुपैयाँ राखिएकामा प्रश्न उठाए। ‘हामी सुशासनको कुरा गरेर बनेको सरकारले अबण्डामा ठूलो रकम छुट्याउनु पारदर्शिताका हिसाबले ठिक होइन,’ उनले भने।