BIZMANDU
www.bizmandu.com

चिपले लागत बढाएपछि एप्पलका उत्पादन महंगिने, १२० डलरसम्म बढ्न सक्छ नयाँ आइफोनको मूल्य

२०८३ असार ४

चिपले लागत बढाएपछि एप्पलका उत्पादन महंगिने, १२० डलरसम्म बढ्न सक्छ नयाँ आइफोनको मूल्य
चिपले लागत बढाएपछि एप्पलका उत्पादन महंगिने, १२० डलरसम्म बढ्न सक्छ नयाँ आइफोनको मूल्य

अमेरिकी टेक जायन्ट एप्पलले आफ्ना उत्पादनहरुको मूल्य बढाउने तयारी गरेको छ। मेमोरी चिपहरुको मूल्य महंगिएसँगै एप्पलले यो निर्णय लिएको हो।

Tata
GBIME
Nepal Life

एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले मूल्यवृद्धिको विकल्प नभएको बताएका छन्। कुकले भने मूल्य कहिलेबाट बढ्ने र त्यो आइफोन १८ सिरिजमा लागू हुने नहुने खुलाएका छैनन्।

तर, नयाँ एआई फिचर्सहरुसँग लन्च हुने आइफोन १८ को मूल्य अघिल्लो संस्करणहरु भन्दा १५० डलरसम्मले महँगो हुन सक्ने अनुमान गरिएको छ। ओमिडाका स्मार्टफोन मार्केट विशेषज्ञ चिउ लिन चाउले थप एआई फिचरहरु एप्पलले थप्ने हुँदा मूल्य बढ्ने बताएको बीबीसीले उल्लेख गरेको छ।

एप्पलमात्रै होइन आउने समयमा अन्य मोबाइल कम्पनीहरुले पनि आफ्नो उत्पादनको मूल्य बढाउने देखिन्छ।

अहिले विश्वमा आर्टफिसियिल इन्टिलिजेन्स (एआई) को बढ्दो माग छ। त्यससँगै सेमिकन्डकटर चिपको माग पनि बढिरहेको छ। र, अमेरिका इरान युद्धका कारण सेमिकन्डक्टरको निर्माणमा हेलियम ग्यासको आपूर्तिमासमेत प्रभाव परेको छ। यसकारण मेमोरी चिपको मूल्य अत्याधिक बढेको छ। चिपका कारण मोबाइल फोनहरुको उत्पादन लागत पनि बढेको छ।

सन् २०२५ को अक्टोबरयता र्‍यामको मूल्य दोब्बरभन्दा बढी भइसकेको छ। सन् २०२६ मा विश्वभर स्मार्टफोनको औसत मूल्य २०५ ले बढ्ने प्रक्षेपण गरिएको छ।