BIZMANDU
www.bizmandu.com

औद्योगिक क्षेत्रका उद्योगको लाइन काट्ने तयारीको विरोध, महासंघले भन्यो- व्यावसायिक शिष्टाचार भएन

२०८३ असार ४

औद्योगिक क्षेत्रका उद्योगको लाइन काट्ने तयारीको विरोध, महासंघले भन्यो- व्यावसायिक शिष्टाचार भएन
औद्योगिक क्षेत्रका उद्योगको लाइन काट्ने तयारीको विरोध, महासंघले भन्यो- व्यावसायिक शिष्टाचार भएन


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रभित्रका उद्योगलाई धरपकड गरिएको भन्दै विरोध गरेको छ।

Vigo
GBIME
Tata

महासंघले अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा उद्योगलाई भाडाको बक्यौता तिर्न सात दिनको समय दिइ नभए लाइन काट्ने तयारीको विरोध गरेको हो।

‘कानुनीरूपमा मुद्दा विचाराधीन रहेको र उद्योगीले भाडा दरको स्पष्ट विवरण माग गर्दा समेत उपलब्ध नगराइएको परिस्थितिमा अकस्मात ७ दिनको छोटो अवधि दिएर बक्यौता तिर्न ताकेता गर्नु र सोही बहानामा उद्योगको विद्युत काट्नु र उद्योग सञ्चालन गर्न अवरोध हुने गरी अनावश्यक मानसिक दबाब दिनु कानुनी राज्य र व्यावसायिक शिष्टाचार विपरीत छ,’ महासंघले भनेको छ, ‘तसर्थ, महासंघ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसमक्ष उद्योगहरूलाई त्रसित नपार्न र उत्पादन रोक्ने खालका सबै गतिविधि तत्काल रोक्न जोडदार माग गर्दछ।’

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न १० वटा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगको बक्यौतासहितको रकम सार्वजनिक गरी तिर्नका लागि अल्टिमेटम दिएको छ।

महासंघले यस किसिमको कदमले लगानीकर्ताको मनोबल गिराउनुका साथै स्वदेशी तथा विदेशी लगानीलाई निरुत्साहित गर्ने ख्याल गर्न सरकारको ध्यानाकर्षण गराएको छ। महासंघले संवादबाट सहमति खोज्न आग्रह गर्दै सहजकर्ताको भूमिका निर्वाह गर्न आफु तयार रहेको बताएको छ।