BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्यमा झिनो गिरावट, सुन प्रति तोला २ लाख ९७ हजार २ सय रुपैयाँ

२०८३ असार ४

सुनचाँदीको मूल्यमा झिनो गिरावट, सुन प्रति तोला २ लाख ९७ हजार २ सय रुपैयाँ
सुनचाँदीको मूल्यमा झिनो गिरावट, सुन प्रति तोला २ लाख ९७ हजार २ सय रुपैयाँ

काठमाडौं। सुनचाँदीको मूल्यमा झिनो गिरावट छ। अघिल्लो दिनको भन्दा सुन एक सय रुपैयाँले घट्दै बिहीबार प्रति तोला २ लाख ९७ हजार  २ सय रुपैयाँ भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि मंगलबारका तुलनामा एक हजार २ सय रुपैयाँ घटेर बुधबार तोलाको २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य बिहीबार तोलामा ३५ रुपैयाँ घटेको छ। महासंघका अनुसार चाँदीको कारोबार मूल्य प्रति तोला ४ हजार ९ सय ४५ रुपैयाँ आइपुगेको छ।

यसअघि मंगलबारका तुलनामा १० रुपैयाँ घटेर बुधबार तोलाको ४ हजार ९ सय ८० रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रति औंस ४३१४.८३ डलरले कारोबार भइरहेको छ। चाँदी प्रति औंस ६८.९ डलर छ। अघिल्लो दिन सुन प्रति औंस ४३२६.५९ डलर र चाँदी प्रति औंस ७०.०२ डलर थियो।