BIZMANDU
www.bizmandu.com

एभरेष्ट कलरको आइपीओ बाँडफाँट, २६.४२ लाख आवेदकमध्ये जम्मा ६५ हजारले पाए सेयर

२०८३ असार ४

एभरेष्ट कलरको आइपीओ बाँडफाँट, २६.४२ लाख आवेदकमध्ये जम्मा ६५ हजारले पाए सेयर
एभरेष्ट कलरको आइपीओ बाँडफाँट, २६.४२ लाख आवेदकमध्ये जम्मा ६५ हजारले पाए सेयर

काठमाडौं। एभरेष्ट कलरको आइपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको सेयर बिहीबार बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले बाँडफाँट गरेको हो।

Vigo
GBIME
Tata

६५ हजार ५७० आवेदकले १० कित्ता दरले सेयर पाएका छन्। कम्पनीको आइपीओमा २६ लाख ८७ हजार ४२१ आवेदन परेको थियो। त्यसमध्ये २६ लाख ४१ हजार ९५९ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ।

लगानीकर्ताले मेरो सेयर र सीडीएससीको वेबसाइटबाट आइपीओको नतिजा हेर्न सक्छन्। कम्पनीले आफ्नो जारी पुँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँको ७ लाख ९० हजार कित्ता साधारण सेयर सेयर निष्कासनको अनुमति पाएको थियो।