BIZMANDU
www.bizmandu.com

सरकारविरुद्ध एकजुट हुँदै पेशागत संगठन, महासंघको विरोध कार्यक्रममा पापडको ऐक्यबद्धता

२०८३ असार ३

सरकारविरुद्ध एकजुट हुँदै पेशागत संगठन, महासंघको विरोध कार्यक्रममा पापडको ऐक्यबद्धता
सरकारविरुद्ध एकजुट हुँदै पेशागत संगठन, महासंघको विरोध कार्यक्रममा पापडको ऐक्यबद्धता

काठमाडौं। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमा सरकारले अंकुश लगाएको भन्दै नेपाल पत्रकार महासंघले आयोजना गरेको विरोध कार्यक्रममा शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले ऐक्यबद्धता जनाएको छ।

Tata
GBIME
Nepal Life

पेशागत संगठनहरुले संयुक्त वक्तव्य जारी गर्दै महासंघले असार ५ गते दिउँसो ४ बजे आह्वान गरेको र्‍यालीमा ऐक्यवद्धता जनाएको हो। नेपाल चिकित्सक संघ, नेपाल प्राध्यापक संघ, नेपाल शिक्षक महासंघ, नेपाल बार एसोसिएसन र नेपाल इन्जिनियर्स एशोसिएसनले ऐक्यबद्धता जनाएका हुन्।

लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि सबै लोकतन्त्रवादी शक्ति, पेशागत संगठन, सञ्चारक्षेत्र, शैक्षिक समुदाय तथा नागरिक समाजलाई एकजुट भई लोकतान्त्रिक मूल्यमान्यताको पक्षमा उभिन पनि पापडले आग्रह गरेको छ।