BIZMANDU
www.bizmandu.com

विद्युत् नियमन आयोगको अध्यक्षका लागि सात जना सर्ट लिस्टमा, असार ६ गते प्रस्तुतीकरण

२०८३ असार ३

विद्युत् नियमन आयोगको अध्यक्षका लागि सात जना सर्ट लिस्टमा, असार ६ गते प्रस्तुतीकरण
विद्युत् नियमन आयोगको अध्यक्षका लागि सात जना सर्ट लिस्टमा, असार ६ गते प्रस्तुतीकरण

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगको अध्यक्षका लागि सर्ट लिस्ट गरेको छ।

Tata
GBIME
Nepal Life

अध्यक्ष पदका लागि १० जनाको आवेदन परेकोमा मन्त्रालयले ७ जनाको नाम सर्ट लिस्ट गरेको हो।

केशवध्वज अधिकारी, रामप्रसाद धिताल, मधुप्रसाद भेटुवाल, मोतोबहादुर कुँवर, मधुसूदन अधिकारी, भोलानाथ शर्मा घिमिरे र नारायण प्रसाद सापकोटा सर्ट लिस्टमा परेका छन्।

सर्ट लिस्टमा परेकालाई मन्त्रालयले असार ६ गते प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ।

यसअघि आयोगका अध्यक्ष र ४ सदस्य सरकारले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ बमोजिम स्वतः पदमुक्त भएका थिए।

अध्यादेशले आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, सदस्य मधुसूदन अधिकारी, गौतम डंगोल, झमकप्रसाद शर्मा र भगरथी भट्टराई बर्खास्तीमा परेका थिए।