BIZMANDU
www.bizmandu.com

पोखरामा बेनेभिस क्रियटर्स मिटअप सम्पन्न, अन्य शहरमा पनि आयोजना गरिने

२०८३ असार ३

पोखरामा बेनेभिस क्रियटर्स मिटअप सम्पन्न, अन्य शहरमा पनि आयोजना गरिने
पोखरामा बेनेभिस क्रियटर्स मिटअप सम्पन्न, अन्य शहरमा पनि आयोजना गरिने

काठमाडौं । आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिम ले पोखरामा ‘बेनेभिस क्रियटर्स मिटअप’ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पोखरा तथा आसपासका क्षेत्रका कन्टेन्ट क्रियटर, डिजिटल इन्फ्लुएन्सर, कलाकार तथा युवा प्रतिभाहरुको सहभागिता रहेको थियो।

Tata
GBIME
Nepal Life

सिर्जनशीलता, नेटवर्किङ, मनोरञ्जन तथा ब्रान्डसँगको अन्तरक्रियालाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ। उक्त कार्यक्रमले स्थानीय प्रतिभाहरूलाई एकआपसमा जोडिने, अनुभव आदानप्रदान गर्ने तथा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको जनाइएको छ।

सहभागीहरुले विभिन्न रमाइला खेल, अन्तरक्रियात्मक गतिविधि, मनोरञ्जनात्मक प्रस्तुति तथा बेनेभिस आइसक्रिमसँग सम्बन्धित विशेष अनुभवहरु लिएको बताइएको छ।

यस कार्यक्रममार्फत बेनेभिस आइसक्रिमले स्थानीय प्रतिभाको प्रवर्धन तथा सिर्जनशील समुदायको विकासप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ। कार्यक्रमले सिर्जनात्मक सोच, आत्मअभिव्यक्ति तथा सहकार्यलाई प्रोत्साहन गर्दै क्रियटर समुदायलाई सशक्त बनाउने कम्पनीको उद्देश्यलाई समेत उजागर गरेको जनाइएको छ।

कार्यक्रमको सफलतापछि फिस्टेल डेरी प्रा.लि.ले यस्ता क्रियटर केन्द्रित कार्यक्रमहरु देशका अन्य शहरहरूमा समेत विस्तार गर्ने योजना रहेको जनाएको छ। यसले स्थानीय प्रतिभाहरूलाई थप अवसर प्रदान गर्नुका साथै समुदाय र ब्रान्डबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ।

युवा पुस्ताको सिर्जनशीलता, नवप्रवर्तन र स्थानीय प्रतिभाको सम्मान गर्दै फिस्टेल डेरी प्रा.लि.ले भविष्यमा पनि यस्ता प्रभावकारी तथा समुदायमुखी कार्यक्रमहरू संचालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।