BIZMANDU
www.bizmandu.com

सेयर कारोबार रकम २२% ले घट्यो, ११ महिनामा १४ खर्ब ६२ अर्बको किनबेच हुँदा कुन क्षेत्रको कति?

२०८३ असार ३

सेयर कारोबार रकम २२% ले घट्यो, ११ महिनामा १४ खर्ब ६२ अर्बको किनबेच हुँदा कुन क्षेत्रको कति?
सेयर कारोबार रकम २२% ले घट्यो, ११ महिनामा १४ खर्ब ६२ अर्बको किनबेच हुँदा कुन क्षेत्रको कति?

काठमाडौं। चालु आर्थिक वर्ष सेयर कारोबारमा गिरावट आएको छ। यो आर्थिक वर्ष ११ महिनामा १४ खर्ब ६२ अर्ब ९५ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

Tata
GBIME
Nepal Life

सेयर कारोबार रकम पोहोर ११ महिनाको तुलनामा २२.२२ प्रतिशत कम हो। गत आर्थिक वर्ष साउनदेखि जेठसम्म १८ खर्ब ८० अर्ब ८५ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको थियो।

दुई आर्थिक वर्ष जेठसम्म सेयर कारोबार रकम रु दश लाख

सूचक२०८२/८३२०८१/८२फरक %
हाइड्रोपावर६७७४५७.९१७१३२०९.४४-५.०१
उत्पादन तथा प्रशोधन१३७९४९.९४७२९००.५५८९.२३
वाणिज्य बैंक१२०४९३.१११७१००७.१-२९.५४
अन्य९८०४२.४२११८९९७.५१-१७.६१
विकास बैंक९६२७२.२७१४८३९८.७-३५.१३
माइक्रोफाइनान्स८५७२५.९६१२०९१३.६८-२९.१
इन्भेष्टमेन्ट७४२९९.०७१४९९१३.७१-५०.४४
जीवन बीमा कम्पनी५२१०९.०४१०३५९५.६६-४९.७
फाइनान्स५१४३५.६५१६३९६१.७३-६८.६३
होटल तथा पर्यटन३४९१७.७७३७४२६.३९-६.७
निर्जीवन बीमा कम्पनी२७४४९.४८६९९७५.३७-६०.७७
म्युचुअल फण्ड३८६०.३६४४९०.०५-१४.०२
ट्रेडिङ२९४५.८८६०६४.१२-५१.४२
कुल१४६२९५८.८६१८८०८५४.०१-२२.२२
स्रोत : नेपाल स्टक एक्सचेन्ज

उत्पादनमूलक तथा प्रशोधन बाहेकका क्षेत्रको सेयर किनबेच घटेको हो। हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ६ खर्ब ७७ अर्ब ४५ करोड रुपैयाँको किनबेच भएको छ। यो रकम पोहोर वैशाखको तुलनामा ५ प्रतिशत कम हो।

यो वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनका कारण केही दिन सेयर बजार बन्द भएको थियो। त्यसपछि राजनीतिक अनिश्चितताको प्रभाव बजारमा देखिएको थियो। अहिले उद्योगी व्यवसायीमाथि सरकारी धरपकडका कारण लगानीकर्ता त्रसित छन्।

चैत दोस्रो साता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेदेखि सेयर बजार निरन्तर ओरालो लागिरहेको छ। नेप्से सूचक घट्दा सेयर कारोबारमा गिरावट आएको हो।