BIZMANDU
www.bizmandu.com

सेयर बजार २७०५.५३ अंकमा, सूचकमा झिनो बढोत्तरीसँगै ३ अर्ब ६३ करोडको किनबेच

२०८३ असार ३

सेयर बजार २७०५.५३ अंकमा, सूचकमा झिनो बढोत्तरीसँगै ३ अर्ब ६३ करोडको किनबेच
सेयर बजार २७०५.५३ अंकमा, सूचकमा झिनो बढोत्तरीसँगै ३ अर्ब ६३ करोडको किनबेच


काठमाडौं। कारोबार खुलेदेखि उचारचढाव देखिएको सेयर बजार अन्तिममा उही विन्दुमा बन्द भएको छ। नेप्से परिसूचक बुधबार ०.०८ अंक बढेर २७०५.५३ विन्दुमा बन्द भएको हो।

Vigo
GBIME
Tata

कारोबारमा आएका फाइनान्स, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहले बजार बढाएका हुन्।

बजारमा १२६ कम्पनीको सेयर मूल्य बढेको छ। सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्य बढेर पोजेटिभ सर्किट लागेको छ। बुंगल हाइड्रोपावर ९.३७ प्रतिशतले बढेको छ।

बजारमा सेयर कारोबार घटेको छ। मंगलबार ४ अर्ब ४ करोड रुपैयाँको सेयर कारोबार भएकामा बुधबार ३ अर्ब ६३ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ।

एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य सबैभन्दा धेरै २१ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सको १८ करोड ३२ लाख र बुंगल हाइड्रोको १७ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

बजारमा १३२ कम्पनीको मूल्य घटेको छ भने १४ कम्पनीको स्थिर रह्यो। एनएमबि डिबेञ्चरको सबैभन्दा धेरै ८.६४ प्रतिशतले मूल्य घटेको छ।