काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका शहीहहरुको परिवारका सदस्यलाई रोजगारी दिएको छ।
मंगलबार १६ जनालाई प्राधिकरणको विभिन्न कार्यालयमा काम गर्ने गरि प्रशासन निर्देशनालयको उपकार्यकारी राजनऋषी कडेलबाट करार नियुक्ति पत्र दिइएको हो।
नियुक्ति पाउनेमा समिर श्रेष्ठ, कपुर बुढा, सुजन न्यौपाने, अभिलाख भट्ट, अभियाश चौलागाई, उमेश बुढाथोकी, कैलीदेवी बोहरा, आइसा जोशी, सुनिता सुवेदी दिनेश चौलागाई, अन्जना थापा, काजी रत्न महर्जन, सुजाता राई, भगवती बलामी, मधु सारु मगर र चन्द्रबहादुर राई रहेका छन्।
जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधी, प्राधिकरणको २०८२ साल पुस २२ को संचालक समितिको बैठकले पारित गरेको थियो। जसअनुसार जेन-जी शहीदका परिवारको मागअनुसार पायक पर्ने प्राधिकरणको कार्यालयमा शैक्षिक योग्यताको आधारमा बढीमा तह-३ सम्मको पदमा प्राधिकरणमा करारमा नियुक्त गर्ने निर्णय भएको थियो।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा जेठ २१ को संचालक समितिको बैठकबाट सो निर्णय भएको थियो।