BIZMANDU
www.bizmandu.com

माउन्ट एभरेष्ट पावरको आइपीओ निष्कासन, सर्वसाधारणलाई १४.२७ लाख कित्ता खुला

२०८३ असार ३

माउन्ट एभरेष्ट पावरको आइपीओ निष्कासन, सर्वसाधारणलाई १४.२७ लाख कित्ता खुला
माउन्ट एभरेष्ट पावरको आइपीओ निष्कासन, सर्वसाधारणलाई १४.२७ लाख कित्ता खुला


काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई आइपीओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारलाई वितरण गरेपछि सर्वसाधारणका लागि सेयर निष्कासन गरेको हो।

Vigo
GBIME
Tata

माउन्ट एभरेष्ट पावरले सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँ दरमा १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको १४ लाख २७ हजार ६०० कित्ता सेयर छुट्याएको छ। लगानीकर्ताले बुधबारदेखि असार ८ गतेसम्म आइपीओमा आवेदन दिन सक्नेछन्।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ८ करोड ६० लाख रुपैयाँ बराबरको ८ लाख ६० हजार कित्ता सेयर वितरण गरिसकेको छ।

अति प्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ र २ का स्थानीयलाई ३ करोड ४४ लाख रुपैयाँ बराबरको ३ लाख ४४ हजार कित्ता सेयर वितरण गरेको थियो।

कम्पनीले प्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ र २ बाहेक अन्य वडा बासीलाई ५ करोड १६ लाख रुपैयाँ बराबरको ५ लाख १६ हजार कित्ता सेयर छुट्याएको थियो।

यस्तै, वैदेशिक रोजगारलाई १ करोड ७२ लाख रुपैयाँ बराबरको १ लाख ७२ हजार कित्ता सेयर वितरण गरिसकेको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल छ।

माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको छ।

आइपीओ निष्कासनका लागि कम्पनीले गराएको रेटिङमा केयर रेटिङ नेपालले केयर एनपीडबलबी प्लस दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको जनाउँछ।

कम्पनीले १२ मेगावाटको दुधकुण्ड खोला जलविद्युत आयोजना सञ्चालन गरेको छ। आयोजना २ अर्ब ३६ करोड ९३ लाख रुपैयाँ लागतको हो।