BIZMANDU
www.bizmandu.com

पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दा : क्यानका पूर्वहाकिम गौतमलाई अदालतले पठायो कारागार

२०८३ असार २

पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दा : क्यानका पूर्वहाकिम  गौतमलाई अदालतले पठायो कारागार
The Commission for Investigation of Abuse of Authority (CIAA) has filed a corruption case against Chief Secretary Baikuntha Aryal, alongside Bikal Paudel and other officials at Special Court in kathmandu, Nepal on 23 Jun 2024. The decision was made during a meeting of the anti-graft body held on Friday, accusing these individuals of corruption related to the printing of excise duty stickers.

काठमाडौं। विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का तत्कालीन महानिर्देशक संजीव गौतमलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ।

Tata
GBIME
Nepal Life

विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले गौतमलाई कारागार पठाउन मंगलबार आदेश दिएको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा परामर्श सेवा खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले ४६ करोड १५ लाख ८४ हजार रुपैयाँ बिगो कायम गरी २१ व्यक्ति र २ कम्पनीविरुद्ध गत चैत ८ गते मुद्दा दायर गरेको थियो। गौतमसँग ६ करोड ९३ लाख रुपैयाँ असुल उपर गर्न माग गरिएको छ।

गौतमले क्यानको महानिर्देशक पदमा कार्यरत रहँदा आफूले सम्झौता अनुसार नै डिजाइन रिभ्यू र निर्माण सुपरिवेक्षण परामर्शदाता नियुक्तिका लागि आशयपत्र माग गर्न २०७३ भदौ १७ गते लागत अनुमान स्वीकृत गरेको बयान दिएका थिए।