BIZMANDU
www.bizmandu.com

सेयर बजार निरन्तर ओरालो, सूचक ६.३१ अंक घट्दा ४ अर्ब ४ करोडको किनबेच

२०८३ असार २

सेयर बजार निरन्तर ओरालो, सूचक ६.३१ अंक घट्दा ४ अर्ब ४ करोडको किनबेच
सेयर बजार निरन्तर ओरालो, सूचक ६.३१ अंक घट्दा ४ अर्ब ४ करोडको किनबेच

काठमाडौं। सेयर बजार लगातार ओरालो लागेको छ। नेप्से परिसूचक मंगलबार ६.३१ अंक घटेर २७०५.४५ विन्दुमा रह्यो। बजारमा कारोबारमा आएका म्युचुअल फण्ड र व्यापार बाहेकका उपसमूहले बजार घटाएका हुन्।

Tata
GBIME
Nepal Life

सेयर मूल्य घटेका १७७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। सयपत्री हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ४.९० प्रतिशत घटेको छ। ८० कम्पनीको बढेको छ भने १५ वटाको मूल्य स्थिर रह्यो।

बढेकामध्ये हालै आइपीओ ल्याएर दोस्रो बजार कारोबारमा आएको सोपान फर्मास्युटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। अपोलो हाइड्रोपावरको सेयर मूल्य १४.९८ प्रतिशतले बढेको छ।

बजारमा ४ अर्ब ४ करोड रुपैयाँको सेयर किनबेच भएको छ। आँखु खोला जलविद्युत कम्पनीको सेयर सबैभन्दा धेरै ३१ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

सिद्धार्थ बैंकको १८ करोड २७ लाख, रिलायन्स स्पिनिङ मिल्सको १५ करोड र रावा इनर्जीको १३ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ।