BIZMANDU
www.bizmandu.com

पूर्वाधार विकासमन्त्री लम्सालसँग निर्माण व्यवसायीको भेट, ‘मूल्य समायोजनमा ढिलाइले संकट’

२०८३ असार २

पूर्वाधार विकासमन्त्री लम्सालसँग निर्माण व्यवसायीको भेट, ‘मूल्य समायोजनमा ढिलाइले संकट’
पूर्वाधार विकासमन्त्री लम्सालसँग निर्माण व्यवसायीको भेट, ‘मूल्य समायोजनमा ढिलाइले संकट’

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले विकास आयोजनाको मूल्य समायोजन गर्न फेरि पनि सरकारको ध्यानाकर्षण गराएको छ।

Tata
GBIME
Nepal Life

महास्घको टलीले पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई भेटेर पश्चिम एसियाको युद्धका कारण इन्धनका साथै बिटुमिन लगायत निर्माण सामग्रीको भाउ वृद्धि हुँदा त्यसको असर विकास आयोजनामा परेको भन्दै मूल्य समायोजन गर्न आग्रह गरेको हो।

लम्साललाई भेट्न महासंघका कार्यवाहक अध्यक्ष रामजी पन्त ‘मुकेश’सहितका पदाधिकारी र पूर्वअध्यक्षहरु सिंहदरबार पुगेका थिए।

महासंघको टोलीले मूल्य समायोजनमा ढिलाइका कारण निर्माण उद्योग संकटमा परेको बताएको छ। महासंघको टोलीले मूल्य समायोजन गरेर राहत दिन आग्रह गर्नुका साथै ठेक्काको म्याद थप, रुग्ण आयोजनाको व्यवस्थापन र सरकारबाट जारी निर्देशनका कारण उत्पन्न समस्या समाधानका लागि पनि ध्यानाकर्षण गराएका छन्।

मन्त्री लम्सालले व्यवसायीले भोगेका समस्या समाधानका लागि पहल गरिरहेको जवाफ दिएको महासंघले जनाएको छ।