BIZMANDU
www.bizmandu.com

सुनचाँदीको कारोबार मूल्यमा घटबढ, सुन तोलामा ३०० बढ्दा चाँदी २५ रुपैयाँ सस्तियो

२०८३ असार २

सुनचाँदीको कारोबार मूल्यमा घटबढ, सुन तोलामा ३०० बढ्दा चाँदी २५ रुपैयाँ सस्तियो
सुनचाँदीको कारोबार मूल्यमा घटबढ, सुन तोलामा ३०० बढ्दा चाँदी २५ रुपैयाँ सस्तियो


काठमाडौं। साताको तेस्रो दिन सुनको मूल्यमा सामान्य बढोत्तरी छ भने चाँदी घटेको छ। अघिल्लो दिनका तुलनामा सुन तोलामा ३ सय रुपैयाँ बढेको छ। चाँदी २५ रुपैयाँ घटेको छ।

GBIME
Tata

मंगलबार सुनको कारोबार मूल्य २ लाख ९८ हजार ५०० रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि आइतबारका तुलनामा सोमबार सुन तोलामा ५ हजार रुपैयाँले बढेको थियो भने चाँदी १ सय २० रुपैयाँ बढेको थियो। सोमबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९८ हजार २ सय थियो भने आइतबार २ लाख ९३ हजार २ सय रुपैयाँ थियो।

गत शुक्रबारका तुलनामा आइतबार तोलामा १ हजार २ सय रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो। गत शुक्रबार तोलाको २ लाख ९२ हजार २ सय रुपैयाँ थियो।

चाँदीको कारोबार मूल्यमा पनि उतारचढाव छ। मंगलबार कारोबार मूल्य तोलाको ४ हजार ९ सय ९० रुपैयाँ भएको छ। सोमबार तोलाको ५ हजार १५ र आइतबार ४ हजार ८ सय ९५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंस ४३२०.५४ डलर र चाँदी ६९.४१ डलरले कारोबार भइरहेको छ। सोमबार सुन प्रति औंस ४३३०.९२ डलर र चाँदी ७०.५ डलर थियो।