BIZMANDU
www.bizmandu.com

सुदूरपश्चिमको बजेट ३७ अर्ब ७० करोडको, संसदीय निर्वाचन क्षेत्रलाई ३ अर्ब २९ करोड रुपैयाँ

२०८३ असार २

सुदूरपश्चिमको बजेट ३७ अर्ब ७० करोडको, संसदीय निर्वाचन क्षेत्रलाई ३ अर्ब २९ करोड रुपैयाँ
सुदूरपश्चिमको बजेट ३७ अर्ब ७० करोडको, संसदीय निर्वाचन क्षेत्रलाई ३ अर्ब २९ करोड रुपैयाँ

काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोडको बजेट ल्याएको छ।

Tata
GBIME
Nepal Life

आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले सोमबार मध्यराति प्रदेश सभामा प्रस्तुत गरेको बजेटले पूर्वाधार विकासमा जोड दिएको छ। बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका सदस्यहरु आ–आफ्नो स्थानमा उठेर विरोध गरेका थिए। सभामुख भीमबहादुर भण्डारीले समय दिएपछि बोलेका प्रदेशसभा सदस्य मानबहादुर धामीले समयमै बजेट पेस गर्न नसकेर सरकारले लाचारीपन देखाएको बताए।

त्यसपछि सबै प्रतिपक्षी सांसद बैठक बहिष्कार गर्दै बाहिरिएका थिए। आर्थिक मामिलामन्त्री धामीले प्रमुख प्रतिपक्षी दलको अनुपस्थितमै बजेट पेस गरेका थिए।

ठूला र रणनीतिक आयोजनाहरूलाई प्राथमिकता दिएको भने पनि संसदीय निर्वाचन क्षेत्र विकासमा ठूलो रकम विनियोजन गरिएको छ। प्रदेश सांसदहरू मार्फत स्थानीयस्तरका आयोजना सञ्चालन गर्न ३ अर्ब २९ करोड रुपैयाँ बजेट दिइएको छ।

मानव विकास सूचकांक सुधार गर्न शिक्षा र स्वास्थ्य क्षेत्रमा जोड दिइएको बजेट वक्तव्यमा छ।

बजेटको स्रोतमा आन्तरिक राजस्व १ अर्ब ७२ करोड रुपैयाँ हुने अनुमान गरिएको छ। संघीय राजस्व बाँडफाँडबाट १० अर्ब २५ करोड, चालु आवको बचत ९ अर्ब ६५ करोड हुनेछ। त्यस्तै वित्तीय समानीकरण अनुदान ९ अर्ब ६३ करोड, ससर्त अनुदान ६ अर्ब ३ करोड ५८ लाख प्राप्त हुने उल्लेख छ।