BIZMANDU
www.bizmandu.com

बागमतीमा उद्योग तथा व्यवसाय दर्ता र नवीकरण गर्न लाग्ने शुल्कमा ५० प्रतिशत छुट

२०८३ असार १

बागमतीमा उद्योग तथा व्यवसाय दर्ता र नवीकरण गर्न लाग्ने शुल्कमा ५० प्रतिशत छुट
बागमतीमा उद्योग तथा व्यवसाय दर्ता र नवीकरण गर्न लाग्ने शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं। बागमती प्रदेश सरकारले उद्योग तथा व्यवसायको दर्ता र नवीकरण गर्न लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिदे घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

बागमती प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्षको बजेटमार्फत रोजगारी सिर्जना गर्न भन्दै उद्योग तथा व्यवसायको दर्ता र नवीकरण गर्न लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने घोषणा गरेको हो।

यसैगरी, युवालाई गरिखाने वातावरण निर्माणका लागि व्यापार, व्यवसाय तथा स्टार्टअपतर्फ आकार्षित गर्ने भनिएको छ। रोजगारी सिर्जना गर्ने उद्योगलाई विशेष कर छुटको व्यवस्था मिलाएको बजेट वक्तव्यमा उल्लेख छ।