BIZMANDU
www.bizmandu.com

कोशी प्रदेशले ल्यायो ४० अर्ब ४५ करोडको बजेट, आन्तरिक स्रोत ५ अर्बमात्रै  

२०८३ असार १

कोशी प्रदेशले ल्यायो ४० अर्ब ४५ करोडको बजेट, आन्तरिक स्रोत ५ अर्बमात्रै  
कोशी प्रदेशले ल्यायो ४० अर्ब ४५ करोडको बजेट, आन्तरिक स्रोत ५ अर्बमात्रै  

काठमाडौं। कोशी प्रदेशले आगामी आव २०८३/८४ का लागि ४० अर्ब ४५ करोड रुपैयाँको बजेट ल्याएको छ।

Tata
GBIME
Nepal Life

आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले चालुतर्फ १३ अर्ब ९७ करोड अर्थात् ३४.५५ प्रतिशत विनियोजन गरी सोमबार प्रदेश सभामा बजेट पेस प्रस्तुत गरेका छन्।

बजेटमा पुँजीगतर्फ ३० अर्ब ७६ करोड अर्थात् ५१.३२ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १५ करोड विनियोजन गरिएको छ।

कुल विनियोजनमा आन्तरिक स्रोत ५ अर्ब ५० करोडमात्रै छ। त्यस्तै राजस्व बाँडफाँडबाट १२ अर्ब ८७ करोड, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब १२ करोड, ससर्त अनुदानबाट ६ अर्ब, समपूरक अनुदानबाट ६४ करोड र विशेष अनुदानबाट ५५ करोड प्राप्त हुने जनाइएको छ।

त्यस्तै रोयल्टी र भुक्तानीबाट ६१ करोड बेहोर्ने बजेट वक्तव्यमा उल्लेख गरिएको छ। नगद मौज्दातबाट ५ अर्ब बेहोरिने बताइएको छ।