BIZMANDU
www.bizmandu.com

सेयर बजारमा रोकिएन गिरावट, नेप्से सूचक १२.२६ अंकले घट्दा ४.४१ अर्ब रुपैयाँको कारोबार

२०८३ असार १

सेयर बजारमा रोकिएन गिरावट, नेप्से सूचक १२.२६ अंकले घट्दा ४.४१ अर्ब रुपैयाँको कारोबार
सेयर बजारमा रोकिएन गिरावट, नेप्से सूचक १२.२६ अंकले घट्दा ४.४१ अर्ब रुपैयाँको कारोबार

काठमाडौं। सेयर बजारमा लगातार तेस्रो दिन गिरावट आएको छ। सेयर बजार परिसूचक सोमबार १२.२६ अंकले घटेको छ। नेप्से सूचक यसअघिका दुई कारोबार दिनमा क्रमश: ८.१४ र ४ अंकले घटेको थियो।

Vigo
GBIME
Tata

सोमबार उत्पादनमूलक बाहेकका उपसमूहले नेप्से २७११.७६ अंकमा झारेका हुन्। अन्य उपसमूहको सूचकमा सबैभन्दा धेरै १.८२ प्रतिशतको गिरावट आएको छ।

सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयरमा पोजेटिभ सर्किट लागेको छ। ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। यो कम्पनीको सेयर मूल्य ७.९४ प्रतिशतले ओरालो लागेको छ।

बजारमा ४ अर्ब ४१ करोड रुपैयाँको सेयर किनबेच भएको छ।