BIZMANDU
www.bizmandu.com

सिटिजन्स क्यापिटलले एसआइपीका लागि संचालनमा ल्यायो अनलाइन प्रणाली

२०८३ असार १

सिटिजन्स क्यापिटलले एसआइपीका लागि संचालनमा ल्यायो अनलाइन प्रणाली
सिटिजन्स क्यापिटलले एसआइपीका लागि संचालनमा ल्यायो अनलाइन प्रणाली


काठमाडौं। सिटिजन्स क्यापिटलले ‘सिटिजन्स सदाबहार योजना’का लगानीकर्ताका लागि अनलाइन दर्ता तथा कारोबार प्रणाली संचालनमा ल्याएको छ। यो प्रणाली सोमबारदेखि लागू भएको कम्पनीले जनाएको छ।

Vigo
GBIME
Tata

सिटिजन्स क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको उक्त योजना सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रवर्धनमा संचालन हुँदै आएको छ। नयाँ प्रणालीमार्फत लगानीकर्ताले डिजिटल माध्यमबाट विभिन्न सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

योजनामा आबद्ध लगानीकर्ता तथा नयाँ लगानी गर्न इच्छुक व्यक्तिले अब अनलाइनमार्फत इकाइ खरिदका लागि आवेदन दिन र भुक्तानी गर्न सक्नेछन्। साथै, व्यवस्थित लगानी योजना (एसआईपी)मा दर्ता, किस्ता भुक्तानी, लाभांश पुनः लगानी योजनामा आबद्धता तथा अनलाइन साइन-अप र लगइन सुविधा पनि उपलब्ध हुनेछ।

कम्पनीका अनुसार यो प्रणाली चौबीसै घण्टा र सातै दिन संचालन हुनेछ। यसले कार्यालय समय वा भौगोलिक दूरीको सीमाविना जहाँबाट पनि सेवा लिन सकिने वातावरण बनाउनेछ। लगानी प्रक्रिया अझ छिटो, सुरक्षित, पारदर्शी र प्रयोगकर्तामैत्री भएको बताइएको छ।

सिटिजन्स क्यापिटलले डिजिटल वित्तीय सेवाको विस्तार गर्दै लगानीकर्ताको पहुँच बढाउने र पुँजी बजारमा सहभागिता विस्तार गर्ने लक्ष्यसहित यो प्रणाली संचालनमा ल्याएको जनाएको छ। कम्पनीले आगामी दिनमा पनि प्रविधिमार्फत थप नवीन, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

‘नेपालको प्रत्येक घरमा व्यवस्थित लगानीको पहुँच’ विस्तार गर्ने उद्देश्यसहित कम्पनीले सिटिजन्स सदाबहार योजनालाई अझ पहुँचयोग्य, पारदर्शी र लगानीकर्तामैत्री बनाउँदै लैजाने योजना बनाएको छ।