काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका चार सांसदको समिति हेरफेर भएको छ। मनिष झा, वोधनारायण श्रेष्ठ, राम लामा र बुद्धरत्न महर्जनको समिति हेरफेर भएको हो।
मनिष उद्योग समितिबाट सार्वजनिक लेखा समितिमा पुगेका छन्। लेखा समितिका बुद्धरत्नलाई उद्योग समितिमा लगिएको छ। मनिष यसअघिको प्रतिनिधि सभामा पनि लेखा समितिमै थिए।
यस्तै वोधनारायणलाई पूर्वाधार विकासबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा लगेर उनको स्थानमा लामालाई राखिएको छ।
चार सांसदको समिति हेरफेरलाई प्रतिनिधि सभाको सोमबार बसेको बैठकले स्वीकृति प्रदान गरेको छ।