BIZMANDU
www.bizmandu.com

नेपाल लाइफको सीइओमा पराजुलीलाई निरन्तरता, स्वतन्त्र सञ्चालकमा क्षेत्री नियुक्त

२०८३ असार १

नेपाल लाइफको सीइओमा पराजुलीलाई निरन्तरता, स्वतन्त्र सञ्चालकमा क्षेत्री नियुक्त
नेपाल लाइफको सीइओमा पराजुलीलाई निरन्तरता, स्वतन्त्र सञ्चालकमा क्षेत्री नियुक्त

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा प्रवीण रमण पराजुली दोहोरिएका छन्।

Vigo
GBIME
Tata

कम्पनी सञ्चालक समितिको शुक्रबारको बैठकले उनलाई सीइओको दोस्रो कार्यकालका लागि पुनर्नियुक्ति गर्ने निर्णय गरेको हो। २०७९ साउनदेखि नेपाल लाइफको सीइओ रहेका पराजुलीले दोस्रो कार्यकालमा थप ४ वर्ष नेतृत्व सम्हाल्नेछन्।

पराजुली सीइओ नियुक्तिअघि वरिष्ठ नायब सीइओ‌ थिए। नेपाल लाइफ प्रवेश गर्नुअघि उनले रिलायन्स लाइफ इन्स्योरेन्समा सीइओ भएर काम गरेका थिए।

वित्तीय क्षेत्रमा दुई दश‍क बढीको अनुभव संगालेका पराजुलीले विभिन्न कम्पनी‍मा नेतृत्व सम्हालेका थिए।

यस्तै कम्पनीले स्वतन्त्र सञ्चालकमा प्रवीन प्रकाश क्षेत्रीलाई नियुक्ति गरेको छ।