BIZMANDU
www.bizmandu.com

सार्वजनिक र निजी भवनमा बीमा लागू गराउँदै महानगर, ‘आर्थिक सुरक्षाको व्यवस्था आवश्यक छ’

२०८३ जेठ ३१

सार्वजनिक र निजी भवनमा बीमा लागू गराउँदै महानगर, ‘आर्थिक सुरक्षाको व्यवस्था आवश्यक छ’
default

काठमाडौं। सार्वजनिक तथा निजी भवनमा काठमाडौं महानगरपालिकाले बीमा लागू गराउन लागेको छ। महानगरपालिकाले यसअघि निर्माण भइसकेका भवन तथा भौतिक संरचनाका हकमा समेत बीमा लागू गराउन लागेको हो।

Tata
GBIME
Nepal Life

महानगरले आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आफ्नो क्षेत्रभित्र निर्माण हुने र निर्माण भइसकेका सार्वजनिक तथा निजी सबै किसिमका भवन तथा भौतिक संरचनाको आर्थिक सुरक्षाका लागि सहुलियत दरमा बीमाको व्यवस्था गर्ने बताएको छ।

‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र निर्माण हुने र निर्माण भइसकेका सार्वजनिक तथा निजी सबै किसिमका भवन तथा भौतिक संरचनाको जोखिम हस्तान्तरण तथा आर्थिक सुरक्षाको उचित व्यवस्था गर्न सहुलियतपूर्ण दरमा बीमा गर्ने प्रबन्ध गरिनेछ,’ महानगरको नीति तथा कार्यक्रमको बुँदा नम्बर ५६ मा भनिएको छ।