BIZMANDU
www.bizmandu.com

७५ वर्ष पुगेका नागरिकलाई पोषण भत्ता दिने काठमाडौं महानगरको घोषणा, घरमै स्वास्थ्य सेवा पाइने

२०८३ जेठ ३१

७५ वर्ष पुगेका नागरिकलाई पोषण भत्ता दिने काठमाडौं महानगरको घोषणा, घरमै स्वास्थ्य सेवा पाइने
सुनिता डंगोल

काठमाडौं। काठमाडौं महानगरपालिकाले ७५ वर्ष पुगेका जेष्ठ नागरिक र पूर्ण अशक्त अपाङता भएका नगरवासीलाई पोषण भत्ता दिने घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

महानगरले २०८३/२०८४ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पोषण भत्ता दिने घोषणा गरेको हो। महानगरले जेष्ठ नागरिक तथा अशक्त नागरिकका लागि घरमै स्वास्थ्य सेवा र परामर्श सेवा नि:शुल्क दिने घोषणा समेत गरेको छ।

सडक आश्रित मानवमुक्त काठमाडौंको घोषणालाई साझेदार निकायसँग समन्वय गरेर मानवीयताको सहर: काठमाडौं भन्ने सन्देशलाई कार्यान्वयनमा ल्याउने महानगरले प्रतिवद्धता गरेको छ। महानगरले आधुनिक तथा परम्परागत ज्ञान, सीप तथा कलाको प्रमाणीकरण गरेेर प्रमाणपत्र दिने कार्यक्रम समेत राखेको छ। नीति तथा कार्यक्रममा सम्मानित राष्ट्रिय व्यक्ति र नव युवा पुस्ता विशेष कार्यक्रम संचालन गर्ने उल्लेख छ।