काठमाडौं। साताको पहिलो दिन सुनचाँदीको मूल्यमा बढोत्तरी छ। सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९३ हजार २ सय रुपैयाँ भएको छ।
सुनको मूल्य गत शुक्रबारका तुलनामा १ हजार २ सय रुपैयाँ बढेको हो। शुक्रबार तोलाको २ लाख ९२ हजार रुपैयाँ थियो। बिहीबारका तुलनामा शुक्रबार एकै दिन ५ हजार ३ सय रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो। त्यसअघि गत बुधबारका तुलनामा ५ हजार १ सय रुपैयाँ घटेर कारोबार मूल्य निर्धारण भएको थियो।
चाँदी तोलामा ५५ रुपैयाँ बढेको छ। कारोबार मूल्य प्रति तोला ४ हजार ८ सय ९५ रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार तोलाको ४ हजार ८ सय ४० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा २४ घण्टामा ११२.८८ डलर बढेर सुन प्रति औंस ४२१०.९ डलर पुगेको छ। चाँदी पनि ३.८४ डलर बलियो हुँदै प्रति औंस ६७.७८ डलर भएको छ।