इरान अमेरिका सम्झौता नजिकिएको दाबी भइरहेका बेला इजरायलले पुनः लेबनानमाथि हवाई आक्रमण गरेको छ। लेबनानको दक्षिणी क्षेत्रमा इजरायलले हवाई आक्रमण गरेको जनाइएको छ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार आक्रमणमा एक जनाको मृत्यु भएको छ।
पाकिस्तानको मध्यस्थतामा भइरहेको वार्ता सकारात्मक भएको बताइरहँदा सो हवाई आक्रमण भएको हो। इरानका विदेश मन्त्रीले समेत युद्ध अन्त्य नजिक रहेको बताएका थिए। सो सम्झौताले लेबनानमा इजरायल र हिजबुल्लाहबीचको युद्धको पनि अन्त्य हुने अपेक्षा गरिएको छ।