BIZMANDU
www.bizmandu.com

अमेरिकामा इंग्ल्याण्डका खेलाडीको जुत्तासहित प्रशिक्षण सामग्री चोरी, अनुसन्धान हुँदै

२०८३ जेठ ३०

अमेरिकामा इंग्ल्याण्डका खेलाडीको जुत्तासहित प्रशिक्षण सामग्री चोरी, अनुसन्धान हुँदै
अमेरिकामा इंग्ल्याण्डका खेलाडीको जुत्तासहित प्रशिक्षण सामग्री चोरी, अनुसन्धान हुँदै

काठमाडौं। फिफा विश्वकप २०२६ सुरु हुनुअघि इङ्ग्ल्याण्ड फुटबल टोलीको सामान चोरी भएको छ। टोलीका स्टार खेलाडीहरूले प्रयोग गर्ने जुत्तासहित प्रशिक्षण सामग्री चोरी भए बेलायतका सञ्चारमाध्यम ले जनाएका छन्।

Tata
GBIME
Nepal Life

इंग्ल्यान्डको प्रशिक्षण सामग्री फ्लोरिडास्थित प्रि–टुर्नामेन्ट क्याम्पबाट मिसौरी राज्यको क्यान्सस सिटीस्थित स्वोप सकर भिलेजमा लैजाने क्रममा चोरी भएको जनाइएको छ। चोरी भएका सामग्रीमा खेलाडीका म्याच बुट, विश्वकपका आधिकारिक बल तथा अन्य प्रशिक्षण उपकरण रहेको बताइएको छ।

स्थानीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। क्यान्सस सिटी प्रहरीले यस घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिइसकेको जनाएको छ। प्रहरीका एक प्रवक्तालाई उद्धृत गर्दै बेलायती सञ्चारमाध्यमहरूले उनीहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको उल्लेख गरेका छन्।

मुख्य प्रशिक्षक थोमस टुचेलको टोलीले शनिबार अपराह्न पहिलो पटक क्यान्सस सिटीस्थित प्रशिक्षण केन्द्रमा अभ्यास गर्ने तालिका छ। चोरी भएका सामग्री फिर्ता ल्याउन र घटनाबारे थप जानकारी लिन इंग्लिस फुटबल संघ (एफए) ले स्थानीय प्रहरीसँग समन्वय गर्नुपर्ने भएको छ। यद्यपि, एफएले घटनाबारे औपचारिक प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

विश्वकपको समूह ‘एल’ मा रहेको इंग्ल्यान्डले बुधबार डलासमा क्रोएसियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। सन् १९६६ यता पहिलो ठूलो उपाधि जित्ने लक्ष्यसहित टुचेलले टोलीलाई तयार पारिरहेका बेला चोरीको घटनाले व्यवस्थापन पक्षलाई अतिरिक्त चुनौती थपेको छ।

यसअघि फ्लोरिडाको वेस्ट पाम बिचमा भएको अनुकूलन प्रशिक्षण शिविरमा इंग्ल्यान्डको प्रदर्शन उत्कृष्ट रहेको थियो। टोलीले अभ्यास खेलमा न्युजिल्यान्ड र कोस्टारिकामाथि जित निकालेको थियो।