काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)मा आगामी ३ वर्षको लागि नयाँ नेतृत्व कार्यसमिति चयन भएको छ। शुक्रबार राति सम्पन्न २४ साधारण सभा तथा ८ औं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।
ऊर्जा उद्यमीले कोषाध्यक्षबाहेकको पदमा सर्वसम्मत चयन गरे। इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगी स्वतः अध्यक्ष भएका छन्। वरिष्ठमा उपाध्यक्षमा उत्तम भ्लोन लामा चयन भएका छन्। अर्का उम्मेदवार बलराम खतिवडाले समर्थन गरेपछि भ्लोन वरिष्ठ उपाध्यक्षमा बनेका हुन्।

पाँच उपाध्यक्ष पदमा पनि चयन सर्वसम्मत गरिएको छ। हिम पाठक, सुसन कर्माचार्य, उत्तरकुमार श्रेष्ठ, विक्रम विष्ट, नरेन्द्रबल्लभ पन्त चयन भएका हुन्। उपाध्यक्ष पदका उम्मेदवारद्वय भरतबहादुर खत्री र भरतप्रसाद नेपालले मनोनयन फिर्ता लिएका थिए।
महासचिवमा टीएन आचार्य चयन भएका छन्। महासचिव पदमा उम्मदवारी दिएका प्रकाशचन्द्र दुलालले फिर्ता लिएका छन्। उपमहासचिव कविता पोखरेल कँडेल चयन भएका छन्।

कोषाध्यक्ष पदमा भने निर्वाचन भएको छ। उक्त पदमा मिथुन चक्रवर्ती प्रसाद पौडेल र शंकर बस्यालको उम्मेदवारी थियो। दुवै जनाले पछि हट्न नमानेपछि उक्त पदका लागि निर्वाचन भएको थियो। २६७ प्राप्त गरेर बस्याल निर्वाचित भएका छन्। पौडेलले ८२ मत प्राप्त गरेका थिए।
सचिवमा अविज्ञा मल्ल, ईशा श्रेष्ठ, सुमनकुमारी जोशी, कुवेर मणी नेपाल, विजयमोहन भट्टाराई निर्विरोध भएका छन्। सचिवमा पाँच जना नै निर्विरोध निर्वाचित भएका थिए। ७ जना सदस्यको लागि १४ जनाको आवेदन परेको थियो। जसमा अनुप आचार्य, कदम केसी, जगदीश शिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का, वर्णन लामिछाने निर्वाचित भएका छन्।

महिला सदस्यमा ३ पदको ज्योति गैरे, प्रतिमा ज्ञवाली, संगिता धमला र सिर्जना खड्काको आवेदन परेको थियो। जसमा खड्काले उम्मेदवारी फिर्ता लिएपछि ३ जना सर्वसम्मत भएका हुन्।

सदस्यमा बाबुराम थापा, सुकुन्द ओझा, सन्तोषराज नेपाल, इन्दिरा पन्त र सोमनाथ कँडेल चयन भएका छन्। सदस्यमा प्रदीप ओली, डा. भूषण गुरागाईले उम्मेदवारी फिर्ता लिएका थिए। नयाँ कार्य समितिले बलराम खतिवडा र प्रकाशचन्द्र दुलाललाई सल्लाहकार नियुक्त गरेको छ। यस्तै कृष्ण घिमिरे र दीपक पौडेललाई सचिवमा नियुक्ति गर्ने निर्णय गरेको छ।



