BIZMANDU
www.bizmandu.com

इप्पानको साधारणसभाबाट विधान पारित, सर्वसम्मत नभए आजै हुनेछ नयाँ कार्यसमितिका लागि मतदान

२०८३ जेठ २९

इप्पानको साधारणसभाबाट विधान पारित, सर्वसम्मत नभए आजै हुनेछ नयाँ कार्यसमितिका लागि मतदान
इप्पानको साधारणसभाबाट विधान पारित, सर्वसम्मत नभए आजै हुनेछ नयाँ कार्यसमितिका लागि मतदान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमितिका लागि आज मतदान हुँदैछ।

Tata
GBIME
Nepal Life

त्यसअघि आज बसेको इप्पानको २४औं वार्षिक साधारण सभाबाट विधान पारित भएको छ। संशोधित विधान अनुसार उपमहासचिव १ जना, सचिव ७ जना र उपाध्यक्ष ७ बनाउने निर्णय भएको छ।

त्यस्तै, ३३ जनाको कार्यसमिती बन्ने विधानमा उल्लेख छ।

वरिष्ठ उपाध्यक्ष पदमा उत्तम भ्लोन र बलराम खतिवडाले मनोनयन दर्ता गराएका छन्। हालका उपाध्यक्ष भ्लोन र महासचिव दुवैले प्यानल नै घोषणा गरेकाले प्रतिष्पर्धा गरेका हुन्। तर, अन्तिम नामावलीमा बलराम खतिवडा प्यानलबाट उम्मेदवारी दिएका अधिकांशको नाम समावेश गरिएको थिएन।

आज सहमतिको लागि ३० मिनेटको समय दिइएको छ। र, सहमति भए सर्वसहमत नभए मतदानबाट नयाँ कार्यसमिति चुनिनेछ।