BIZMANDU
www.bizmandu.com

सेयर बजार निरन्तर ओरालो, सूचक ४ अंकले घट्दा ४ अर्ब ३४ करोडको किनबेच

२०८३ जेठ २९

सेयर बजार निरन्तर ओरालो, सूचक ४ अंकले घट्दा ४ अर्ब ३४ करोडको किनबेच
सेयर बजार निरन्तर ओरालो, सूचक ४ अंकले घट्दा ४ अर्ब ३४ करोडको किनबेच

काठमाडौं। सेयर बजार लगातार ओरालो लागेको छ। नेप्से परिसूचक शुक्रबार ४ अंक घटेर २७२४.०३ विन्दुमा आएको छ। कारोबारमा आएका म्युचुअल फण्ड, निर्जीवन बीमा कम्पनी, अन्य र ट्रेडिङ बाहेकका उपसमूहले बजार घटाएका हुन्।

Tata
GBIME
Nepal Life

बजारमा १६७ कम्पनीको सेयर मूल्य घटेको छ। कालिञ्चोक हाइड्रोपावरको सबैभन्दा धेरै १०.६६ प्रतिशतले सेयर मूल्य घटेको छ।

बजारमा ९२ कम्पनीको भाउ बढेको छ। सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्यमा पोजेटिभ सर्किट लागेको छ। शुक्रबार सूचक घटेपनि कारोबार रकम बढेको छ।

बिहीबार ३ अर्ब ९० करोड रुपैयाँको सेयर किनबेच भएकामा शुक्रबार ४ अर्ब ३४ करोड १० लाख रुपैयाँको सेयर किनबेच भएको छ। सेन्ट्रल फाइनान्सको सबैभन्दा धेरै २५ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

बजारमा सिटी होटलको २४ करोड ८६ लाख र आँखु खोला जलविद्युतको २२ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।