BIZMANDU
www.bizmandu.com

दीपक भट्ट र जगदम्बाका अग्रवालविरुद्ध ८ वर्ष जेल सजाय माग, ४२ करोड कर्जा दुरुपयोग

२०८३ जेठ २८

दीपक भट्ट र जगदम्बाका अग्रवालविरुद्ध ८ वर्ष जेल सजाय माग, ४२ करोड कर्जा दुरुपयोग
दीपक भट्ट र जगदम्बाका अग्रवालविरुद्ध ८ वर्ष जेल सजाय माग, ४२ करोड कर्जा दुरुपयोग

काठमाडौं। विवादास्पद व्यापारी दीपक भट्टसहित साहिल, शुलभ र शंकरलाल अग्रवालविरुद्ध ८ वर्षसम्म जेल सजाय माग गर्दै पाटन उच्च अदालतमा मुद्दा दायर भएको छ।

Tata
GBIME
Nepal Life

एउटा कामको लागि लिइएको कर्जा अर्को प्रयोजनमा प्रयोग गरेको भन्दै दीपक भट्ट, साहिल अग्रवाल, शुलभ अग्रवाल र शंकरलाल अग्रवालविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले मुद्दा दर्ता गरेको हो।

प्रतिवादीहरुलाई बैंकिङ कसूर ऐनको दफा १५ (२) ङ अनुसार कैद सजाय पनि माग गरिएको छ। जसमा १० करोड रुपैयाँभन्दा बढी र ५० करोड रुपैयाँसम्म बिगो भए ६ देखि ८ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

विभिन्न मितिमा दीपक भट्टलाई ५४ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह भएको आरोपपत्रमा उल्लेख छ। यसमध्ये ४२ करोड १४ लाख रुपैयाँ दुरुपयोग गरिएको सीआइबीले जनाएको छ।

उक्त रकम जगदम्बा स्टिल्सको खाताबाट दीपक भट्ट, इन्फिनिटी होल्डिङ्स हुँदै हिमालयन रिइन्सुरेन्समा लगानी भएको देखिन्छ।

यो रकम जग्गा खरिद प्रयोजनका लागि बैनास्वरुप रकमान्तर गर्नाका लागि सहवित्तीयकरण बैंकहरूबाट ‘वर्किङ क्यापिटल लोन’ बापत प्रवाह भएको कर्जासमेत प्रवाह भएको जिकिर गरिएको छ।

जुन रकम बैंकबाट जगदम्बा स्टिल्सको खातामा जग्गा खरिदका लागि बैना गर्न प्रयोग भएको हुँदा प्रवाहित कर्जा बैंकिङ कसुर भएको जाहेरीमा उल्लेख छ।

दीपक भट्ट, शुलभ अग्रवाल, साहिल अग्रवालले बैंकिङ्ग कसूर तथा सजाय ऐनअनुसार विगो ४२ करोड १४ लाख कायम गरी सोही बिगो बमोजिम जरिवाना र कैद सजाय हुनुपर्ने माग गरिएको छ।

कर्जा रकम हिमालयन रिइन्सुरेन्समा लगानी गर्न कृत्रिम जग्गा बैना गरी भट्टका साथै शुलभ, शंकरलाल र शाहिलले मिलोमतो गरेको आरोपत्रमा उल्लेख छ।

‘चालु पुँजी र अल्पकालीन कर्जालाई योजनाबद्ध रुपमा दुरुपयोग गरी भट्टको एकल स्वामित्व रहेको इन्फिनिटी होल्डिङ्सको नामसमेत सेयरमा लगानीमा प्रयोग गरी कर्जाको दुरुपयोग गरेको देखिन्छ,’ अभियोगपत्रमा लेखिएको छ।