BIZMANDU
www.bizmandu.com

सेयर बजारमा ३ अर्ब ९० करोडको कारोबार, सूचक ८.१४ अंकले घटेर २७२८ विन्दुमा

२०८३ जेठ २८

सेयर बजारमा ३ अर्ब ९० करोडको कारोबार, सूचक ८.१४ अंकले घटेर २७२८ विन्दुमा
सेयर बजारमा ३ अर्ब ९० करोडको कारोबार, सूचक ८.१४ अंकले घटेर २७२८ विन्दुमा


काठमाडौं। सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक बिहीबार ८.१४ अंक घटेर २७२८.०३ विन्दुमा आएको छ। कारोबारमा आएका होटल तथा पर्यटन र उत्पादनबाहेकका उपमूहले बजार घटाएका हुन्।

Vigo
GBIME
Tata

फाइनान्सको सूचक सबैभन्दा धेरै १.४५ र व्यापार १.२३ प्रतिशतले घटेको छ। बजारमा सेयर मूल्य घटेका १७९ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १३.५१ प्रतिशत घटेको छ।

बजारमा ८१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको स्थिर रह्यो। बजारमा दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। हालै आइपीओ ल्याएर दोस्रो बजार कारोबारमा आएका एपोलो हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।

बिहीबार सूचकसँगै कारोबार रकम पनि घटेको छ। बजारमा बुधबार ४ अर्ब २९ करोडको सेयर किनबेच भएकामा बिहीबार ३ अर्ब ९० करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ।

सिटी होटलको सबैभन्दा बढी २३ करोड ६३ लाख रुपैयाँ सेयर कारोबार भएको छ। सेन्ट्रल फाइनान्सको १७ करोड ५६ लाख, बुंगल हाइड्रोपावरको १६ करोड ४५ लाख र पिपुल्स हाइड्रोपावर कम्पनीको १५ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ।