BIZMANDU
www.bizmandu.com

सम्पन्न बस्तीका नाममा विराटनगरमा भएको ठगी छानबिन होस् : रास्वपा सांसद् अधिकारी

२०८३ जेठ २८

सम्पन्न बस्तीका नाममा विराटनगरमा भएको ठगी छानबिन होस् : रास्वपा सांसद् अधिकारी
सम्पन्न बस्तीका नाममा विराटनगरमा भएको ठगी छानबिन होस् : रास्वपा सांसद् अधिकारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी सांसद् लीमा अधिकारीले विराटनगर महानगरपालिका–१२ स्थित केसलिया नदी किनारमा रहेको एकीकृत सम्पन्न बस्ती व्यवस्थापनको नाममा ठगी भएको भन्दै आपत्ति जनाएकी छन्। प्रतिनिधिसभामा बिहीबारको बैठकको शून्य समयमा बोल्दै अधिकारीले उक्त बस्ती सुकुमबासीका लागि आवास नभई ऋणको पासो साबित भएको बताइन्।

Tata
GBIME
Nepal Life

उक्त प्रकरणबारे तत्काल छानबिन गरी विपन्नको थाप्लोबाट ऋणको बोझ हटाउन र संविधानप्रदत्त मर्यादित आवासको हक व्यवहारमै प्रत्याभूत गराउन माग गरिन्। ‘विराटनगर वडा नम्बर १२ मा केसलिया नदीको किनारमा बनेको एकीकृत सम्पन्न बस्ती नाम मात्रको सम्पन्न, तर यो बस्ती विपन्नताको चरम नमुना बनेको छ। महानगर, ह्याबिट्याट नेपाल र जीवन विकास लघुवित्तको त्रिपक्षीय साझेदारीमा बनेको यो बस्ती सुकुम्बासीका लागि आवासु होइन, ऋणको पासो साबित भएको छ,’ अधिकारीले भनिन्।

‘दैनिक छाक टार्न धौ–धौ पर्ने सुकुम्बासीलाई मासिक ७ हजार रुपैयाँ किस्ता तिर्ने गरी ऋणको भार थोपरिएको छ। सभामुख महोदय, यो व्यवस्थापन हो कि, नीतिगत ठगी ?,’ उनले भनिन्, ‘न बाटो छ, न ढल, न खानेपानी छ, न त बिजुली नै छ। बिना सुरक्षा तटबन्ध नदी किनारको खोँचमा बनाइएको १०० घरधुरीको यो बस्ती सामान्य झरीमै जलमग्न हुन्छ।’

राजनीतिक जस लिन तीन वर्षदेखि पूर्वाधार बिना नै मान्छेलाई त्यहाँ कोचिएको उनले बताइन। ‘सभामुखमार्फत सरकारसँग जोडदार माग गर्दछु, तत्काल यसको छानबिन गरियोस्,’ उनले भनिन्, ‘विपन्नको थाप्लोबाट ऋणको बोझ हटाइयोस् र संविधानप्रदत्त मर्यादित आवासको हक व्यवहारमै प्रत्याभूत गरियोस्।’