BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री स्वर्णिमको दाबी-‘यो नैतिकता अन्य कोही सांसद वा राजनीति गर्नेहरुमा छ ?’

२०८३ जेठ २८

अर्थमन्त्री स्वर्णिमको दाबी-‘यो नैतिकता अन्य कोही सांसद वा राजनीति गर्नेहरुमा छ ?’
अर्थमन्त्री स्वर्णिमको दाबी-‘यो नैतिकता अन्य कोही सांसद वा राजनीति गर्नेहरुमा छ ?’

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय गाडीमा सूचना चुहावट गरेको आरोप पुष्टि गर्न चुनौति दिएका छन्।

Tata
GBIME
Nepal Life

बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले सो चुनौती दिएका हुन्।

‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु,’ उनले दाबी गर्दै भने, ‘यो नैतिकता अन्य कोही सांसद वा राजनीति गर्नेहरुमा छ ?’