BIZMANDU
www.bizmandu.com

फर्सीको बीउ नियन्त्रण गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप, ६ जना घाइते

२०८३ जेठ २८

फर्सीको बीउ नियन्त्रण गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप, ६ जना घाइते
फर्सीको बीउ नियन्त्रण गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप, ६ जना घाइते


काठमाडौं। रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको ठूलो परिमाणको फर्सीको बीउ नियन्त्रणमा लिएको छ।

GBIME
Tata

बौधीमाई नगरपालिका-७ बाडा बंकुल टोलस्थित नेपाल-भारत सीमावर्ती क्षेत्रमा त्रिपालले छोपेर लुकाइराखिएको ३२२ बोरा बीउ प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ठूलो परिमाणमा फर्सीको बीउ लुकाइराखिएको भन्ने सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो। बरामद गरिएको बीउको तौल करिब १२ हजार ८८० किलोग्राम रहेको प्रहरीले जनाएको छ।

बीउ नियन्त्रणमा लिने क्रममा स्थानीयले अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। सो क्रममा स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ। घटनामा तीन स्थानीय र तीन प्रहरी कर्मचारी गरी सामान्य घाइते भएका छन्।

बरामद बिउको अनुमानित मूल्य ९० लाख १६ हजार रुपैयाँ छ। बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।